सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, जेठ ११ । लम्की-टीकापुर सडकखण्डमा परेका साना ठुला खाल्डाखुल्डीहरु शनिबार टीकापुरका अटो व्यवसायीहरुले पुरेका छन । प्रत्येक महिनाको दोश्रो शनिबार एउटा कार्यक्रम गर्ने नियम मुताबिक जेठ महिनाको दोश्रो शनिबारको अवसर पारेर सुपर कर्णाली डिलक्स यातायात प्रालिले खाल्डाखुल्डीहरुमा गिट्टी, माटो हालेर र जुन खाल्डोमा गिट्टी हालेर त्यत्तिकै छोडिएको छ त्यसलाई मिलाएर यस बाटोलाई पुन: मर्मत गर्न दबाब मुलक कार्यक्रम गरेको हो ।
सुपर कर्णाली डिलक्सका संयोजक लोक बहादुर बुढा क्षेत्रीले १४ किलोमीटर रहेको लम्की-टीकापुर बाटोका कारण अटो व्यवसायी मात्र नभई आम सर्वसाधारण नै मर्कामा परेको बताउदै स्थानीय, प्रदेश र केन्द्र सरकारको आखामा लागेको पट्टी खुलोस र यो बाटोलाई पुन मर्मतका लागि प्रक्रिया अगाडी बढाइयोस भन्ने हेतुले यो कार्यक्रम गरिएको बताए । उनले यहि बाटोका कारण पर्यटकहरु लम्कीबाट तलतिर आउनै नचाहने गरेको समेत गुनासो गरे जसका कारण टीकापुरको पर्यटकीय सम्भावनामा धक्का पर्नुका साथै लम्की- टीकापुर बाटो भएर विभिन्न गाउँबाट टीकापुर बजार सम्म सरसामान किन्न आउने मानिसहरु पनि अब टीकापुर आउन नरुचाउने भएकाले टीकापुरको व्यवसायमा पनि धक्का परेको दाबी गरे । बिबेकशिल साझा पार्टीका नेता समेत रहेका बुढा क्षेत्री सामाजिक अभियानहरुमा अग्रसर छन । कम्तिमा ६०/७० वटा अटोहरुलाई साथमा लिदै उनले लम्की सम्म रहेका खाल्डाखुल्डीहरु पुरेका छन । “आज हामीले पुरेका खाल्डाखुल्डी दीर्घकालीन नभएता पनि यो दबाबमुलक कार्यक्रम जस्तै हो ।” उनले भने,”हामी चर्को आन्दोलन गरेर, घेराबन्दी हरेर यो बिषयको समाधान चाहन्नौ, आज अटो व्यवसायीले खाल्डाखुल्डी पुरे यसैलाई आधार बनाइ स्थानीय, प्रदेश र केन्द्र सरकारको यसमा ध्यानाकर्षण हुनुपर्छ ।”
अटो चालकले बाटोको अवस्था निकै नाजुक भएका कारण र ठाउँ ठाउँमा ठुला ठुला खाल्डाहरु भएका कारण अहिल लम्की देखि टीकापुर सम्म अटो व्यवसायीले प्रति व्यक्ती एक सय रुपैयाँ भाडा लिने गरेको बताउदै यदि यो बाटो राम्रो भैदिए भाडादर पनि न्यून हुन्थ्यो । त्यस्तै अटो चालकले यो बाटोको अवस्था खतम भएका कारण विभिन्न समयमा दुर्घटना समेत हुने गरेको बताए । एक अटो चालकले भने, “खाल्डो नजिक पुगेको बेला नजिकै कोहि मान्छे छ भने आफू बच्न कि त्यो मान्छेलाई ठोक्नैपर्छ कि त आफै मर्न खाल्डोमा अटो हाल्नुपर्छ ।”
२०६८ सालमा भारत सरकारको सहयोगमा हुलाकी सडक निर्माण आयोजना अन्तर्गत निर्माण भएको २८ किलोमीटर लम्की-टीकापुर-खक्रौला सडक जीआर गाभर कम्पनीले १ अर्ब २९ करोड ६० लाखको लागतमा निर्माण सुरु गरेर २०७० सालमा सम्पन्न गरेको थियो । तर बाटोमा यो अवस्था बाटो निर्माण सकिएको दुई बर्ष नपुग्दै यस्तो हुन थालेको हो । अहिल भने यो बाटो एक दशक अघि जस्तै हुने अवस्थामा पुग्दा पनि यहि बाटोबाट दैनिक आवतजावत गर्ने नेताहरुको समेत ध्यान गएको छैन । २०६५ सालमा टीकापुर उद्योग बाणिज्य संघले आयोजना गरेको पहिलो टीकापुर महोत्सवमा आमन्त्रित प्रमुख अतिथी सुवास नेम्वाङलाई लम्की-टीकापुर-खक्रौला बाटो कालोपत्रे गरिनुपर्ने एक बुदे बुदे माग बुझाईएको थियो । तर त्यो मागको एक बर्ष बितिसक्दा पनि सम्बोधन नभएपछि पुन: २०६६ मा आयोजित दोश्रो टीकापुर महोत्सवमा तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई त्यही माग दोहोर्याइएको थियो, त्यति बेला यो सडकलाई ग्राभेल मात्र गरिएको थियो । गत बर्ष मात्र आयोजित टीकापुर महोत्सवले भौतिक योजना तथा यातायात मन्त्री रघुबिर महासेठलाई लम्की-टीकापुर-खक्रौला सडकलाई चारलेन सहित स्तरोन्नति गर्न एक सुत्रीय माग गरेको छ तर उक्त माग अहिलेसम्म सम्बोधन भएको भने छैन । यो सडकको पुनः मर्मतका साथ स्तरोन्नति गर्नका लागि स्थानीयहरुले पनि आवाज उठाइरहेका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा