सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगन्ज, जेठ ११ । वीरगन्जको पर्यटकीय स्थान घडिअर्वा पोखरीमा शुक्रबार विहान निःशुल्क चिया पिलाइएको थियो ।
चिया पिउनेहरुको पनि भीड लामै थियो । चिया पिलाउनका लागि मात्रै आधा दर्जन चियापाल बसिरहेका थिए , तर त्यहाँ भनिएको थियो–आज चिया निशुल्क ।’
कुरा बुझ्दै जाँदा छिमेकी देश भारतमा दोस्रो पटक प्रधानमन्त्रीमा नरेन्द्र मोदी आउने निश्चित भएपछि त्यही खुशीयालीमा प्रभातकालिन यात्रामा सबैलाई चिया खुवाइएको थियो ।
वीरगन्जको घडिअर्वा पोखरी परिसरमा मोदीलाई जितको शुभकामना दिंदै खुशीयालीमा चियापानको आयोजना भएको हो ।
चुनावको अन्तिम नतिजा नआउँदै वीरगन्जको श्री बजरंग समूहले विहान ब्यायाम गर्न आउनेलाई चिया र नास्ता खुवाएर मोदीको जितमा खुशीयाली मनाएको हो । -नेपाल समाचारपत्र दैनिकबाट
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा