सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ११ । पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो।
यही रकमबाट एक अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए।
‘मन्दिरका नाममा हालसम्म उक्त रकम बचत देखियो’, समितिका संयोजकसमेत रहेका थापाले भने, ‘यसबाटै अक्षय कोष स्थापना गरेका छौँ।’ कोषले भेटी तथा पूजा व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटी २०६८ चैत २० देखि व्यवस्थित गर्न थालेको थियो। दैनिक हजारौँ भक्तजनले चढाउने भेटी र विशेष पूजाको रकम संकलन गरी बैंकमा राखिँदै आएको छ।
अनादिकालदेखि सञ्चालनमा रहेको पशुपतिनाथको भेटीघाटी २०६८ देखि व्यवस्थित गरिए पनि अक्षय कोष स्थापना गरिएको थिएन। भेटी साँझ प्रहरीको रोहबरमा गणना गरी मुचुल्का तयार पारिन्छ। कोषका अनुसार मन्दिरमा दैनिक कम्तीमा एक लाख १५ हजार र बढीमा तीन लाख रुपैयाँसम्म संकलन भएको तथ्यांक छ।
विशेष पूजामा ११ हजारको पञ्चामृत पूजादेखि २५ लाखको अतिरुद्रमहाभिषेकसम्म पर्छन्। २०६८ अघिसम्म १२ लाख ९९ हजार रुपैयाँसम्मको पूजा गर्न पाउने व्यवस्था थियो। अक्षय कोष व्यवस्थित गरी उचित काममा प्रयोग गर्न त्यससम्बन्धी कार्यविधि कोषले बनाइरहेको छ। ‘कोषबाट आपत्विपद्का काम, समाजसेवा, शिक्षा, स्वास्थ्य र विकास निर्माणका काम गरिनेछन्’, उनले भने।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा