सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १० । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ ।
बैंकले जेठ ७ गतेबाट सिराहा जिल्लाको र्मिचैया र र्सलाहि जिल्लाको मलङ्गवामा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाहरुकोे औपचारिक समुद्घाटन र्मिचैया नगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्र बहादुर थापाले गरे ।
बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सकिनेछ ।
र्मिचैया र मलङ्गवा शाखाहरु सहित बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा दिंदै आइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा