सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, जेठ १० । झापााको अर्जुनधारामा सिभिल बैंकलेनयाँ शाखा संचालन गरेका छन्। अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राणा मगरले सो शाखाको उद्घाटन गरेका छन् ।
उक्त शाखाको उद्घाटनका क्रममा मेयर मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन्। उक्त बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देश आर्थिक सम्वृद्धी तर्फ लाग्ने बताए ।
अर्जुनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि वहाँले खुशी व्यक्त गरेका छन् । सिभिल बैंकका माईक्रो बैकिंङ्ग प्रमुख युवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको जनाए।
सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले जानकारी दिए ।
यस बैंकको अर्जुनधारा शाखासहित कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा