सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ, जेठ १० : काठेपुल बाट खसेर एक बालकाको मृत्यु भएको छ । तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोटका नरेन्द्र बमका ६ बर्षिया छोरा पदम बमको सुनिगाडमा हालेको काठेपुलमा तर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीवार दिउसो १२ बजे घरबाट मृतक पदम बम र उनका दाजु १२ बर्षिया विराज बम काफल खान जाने क्रममा खोला तर्न खोज्दा दुबै दाजु भाई काठे पुल बाट खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
नरेन्द्र बमका जेठा छोरा विराजलाई खोला नजीकै रहेका उनका काका सुदन बमले छोप्न सफल भए पनि कान्छालाई भने छोप्न नसकेर मृत्यु भएको उनका काका सुदन बलले बताए ।
मृतक बमलाइ खोलाले बगाएर दुई किलोमिटर तल उनको सब फेला जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतकको सब पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखीएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा