सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / धनगढी, जेठ ९ । कैलालीको गौरीगंगा नगरपालिकामा ७० बर्षका वृद्ध सुस्त मनस्थिती, अपांग २० बर्षकी महिलालाई जबर्जस्ती करणी गर्न खोजेको भन्दै पक्राउ परेका छन ।
गौरीगंगा नगरपालिका वडा नम्बर ५ बस्ने ७० वर्षिय रामलाल बिकले सोही वडामा बस्ने २० बर्षिय महिलालाई बुधबार राती ९ बजेको समयमा जबर्जस्ती गर्ने प्रयास गरेका कारण प्रहरीले पक्राउ गरि बिहिवार जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
महिलालाई उनकै घर नजिक रहेको बाटोमा बोलाएर ललाइफकाइ गरि जबर्जस्ती गर्ने बेला प्रहरीले गोप्य सुचनाका आधारमा वृद्धलाई राती नै सोही वडामा पक्राउ गरेको थियो । उनलाई जबर्जस्ती करणी मुद्दामा कैलाली अदालतबाट म्यादथप गरि थप अनुसन्धान भैरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा