सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / कोहलपुर, जेठ ९ । बाँके जिल्लाको कोहलपुरमा बिहिवार दिउँसो मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन ।
नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको भे १ त ६४६९ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट नेपालगन्ज तर्फ गैरहेको भे ४ प ७३२९ नम्बरको मोटरसाइकल कोहलपुरको साझा चोक नजिक ठोक्किदा कोहलपुर नगरपालिका वडा नम्बर १ बस्ने ६० बर्षिय खड्क बहादुर घर्तीको टाउकोमा चोट लागेका कारण उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो भने मोटरसाइकलको पछाडी सवार ५५ बर्षिय श्यामकला घर्ती भने टाउको, मुख र हातमा चोट लागेर गम्भीर घाइते भएकी ५ नम्बर प्रदेश प्रहरी कार्यालयमा प्रवक्ता टिकाबहादुर कार्कीले जानकारी दिएको छन ।
गम्भीर घाइते श्यामकला घर्तीलाई नेपालगन्ज मेडिकल कलेजले थप उपचारका लागि बाहिर लिन आग्रह गरेसंगै उनलाई अहिल लखनउ लगिएको प्रहरीले जनाएको छ । मृतक खड्क बहादुरलाई पोस्टमार्टमका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको छ भने ट्याक्टर चालक र ट्याक्टर दुबैलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लगिसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा