सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ९ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । विहिवार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
बैठकले सरकारी जग्गा घोटाला प्रकरणमा छानिबन गर्न चार सदस्सीय छानबिन समिति गठन गरेको छ। बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्रिपरिषद्ले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय पनि गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा