सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, जेठ ९ । कैलाश गाउँपालिका– २ बैकुण्ठ बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर मकनपुरमा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।
यसैगरी, चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको उपचारका लागि डाँडाखर्क स्वास्थ्य चौकीमा लगिएको प्रहरीले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा