सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ९ । यहि जेष्ठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका काठमाडौँ जिल्लामा २१, पोखरामा चारवटा, र ललितपुरमा सातवटा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
ईपीएस कोरिया शाखाका अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष १० हजार ११२ परीक्षार्थीको सङ्ख्या बढी भएकाले चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिनुभयो । यो बर्ष ९२ हजार ३७६ जना युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन् । सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जना तथा कृषितर्फ २८ हजार ८८६ जननले आवेदन आवेदन दिएका छन ।
दक्षिण कोरिया मानव संसाधन विभाग (HRD KOREA) का अनुसार सन् २०२० मा औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार गरी जम्मा १० हजार ५० जना युवालाई रोजगारका लागि दक्षिण कोरिया लग्ने भएको छ । सन् २०२० मा ईपीएसमार्फत रोजगारीमा जानका लागि कोरिया भाषा परीक्षामा सहभागी हुनेले गएको चैत ८ गतेदेखि १७ गतेसम्म देशभर बाट ९५ हजार ३९६ जनाले अनलाइन आवेदन दिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा