सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाएकी छिन्। सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले बुधबार प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न भन्दै भण्डारीले विधेयक फिर्ता पठाएकी हुन्।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा