सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, जेठ ८। सिरहाको एक कार्यालयमा कर्मचारी कुटिएका छन् । उक्त कुटपीट भएको कार्यालय भने सिरहाको कल्याणपुर नगरपालिका हो र सोहि कार्यालयको कर्मचारी कुटिएका छन् ।
कार्यकक्षमा काम गरिरहेको बेला ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालिका ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहितको समूहले कुटपीट गरेको जानकारी दिए ।
गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभूत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवित्तिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जनाए।
‘नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, केको आधारमा मूल्याङ्कन गर्ने भन्न नपाउँदै उनीहरुले गालामा थप्प्ड हानेको।’ उनको भनाइ छ । यता वडा अध्यक्ष रामकुमार श्रेष्ठले भने आफूलाई यादवले कुन बजेटबाट काम गरेको केही जानकारी नभएको जनाए ।
यता नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नगराएक जनाए । उनले भने, ‘जुनसुकै काम भएको भएपनि कुटपीट गर्नु हुन्थेन, म कार्यालयमै थिएँ, मसंग सम्र्पक गरेको भए हुन्थ्यो । कर्मचारीमाथि हातपात गरेर उनले उदण्डता देखाए ।’
यता दिपेन्द्र यादवले आफूले गरेको कामको मूल्याङ्कन गर्न पटक पटक भन्दा पनि नमाने पछि विवादका क्रममा गल्ती हुन पुगेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा