सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ७ । काठमाडौं जिल्ला अदालतले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै तीन महिना कैद सजाय सुनाएको छ।
गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
दुई वर्षअघि कटुवालले ओलीलाई ३६ लाख रूपैयाँ सापटी दिएका थिए। आफूलाई दिएको कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक लगातार बाउन्स भएपछि कटुवालले खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा