सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा, जेठ ७ । दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए ।
मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा