सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ७ । बायर बायोसाइन्स प्रा.लि इण्डिया र नेपाल कृषि कम्पनी (एनकेसी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाली कृषि क्षेत्रमा काम गर्दै आएको कृषि कम्पनी र अन्तराष्ट्रिय बजारमा कृषि बीउ विजनका साथै प्राविधिक सेवा उपलब्ध गराउँदै आएको बायरबीच सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कृषि क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्ने प्रतिवद्धतासहित सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
नेपाल कृषि कम्पनीका तर्फबाट कम्पनीका संस्थापक तथा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत र बायर बायोसाइन्सको तर्फबाट कम्पनीका कन्ट्रीहेड राजिव शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
नेपाली कृषि क्षेत्रमा काम गर्दै आएको कृषि कम्पनीले बायर बायोसाइन्ससँग उन्नत जातको धानको बीउ किन्ने र बायर इण्डियाले नेपालको कृषि सुधारका लागि आधुनिक टेक्नोलोजीसहितको प्रविधि प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
यसैक्रममा, बायर बायोसाइन्स मार्फत कम्पनीले उन्नत जातको जिरागोल्ड धानको बीउ किन्ने बताएका छन्। ६४/४४ गोल्ड, तेजगोल्ड र आईडिया जातका जिरा मसिनो धानको बीउ किन्ने र सुनसरी र मोरङ्गका करिब ७५ विगा जग्गामा परीक्षण खेती गर्ने कम्पनीले बताएको छ ।
बायरसँग धानको बीउ महंगोमा किनेर ल्याइए पनि परीक्षणका लागि किसानलाई भने निःशुल्क उपलब्ध गराउने कम्पनीले जानकारी दिए ।
उत्पादन र उपभोगका हिसाबले अत्यन्त राम्रो जातको धान भएपनि महंगोका कारण किसानहरुले लगाउन नसक्ने हुँदा कम्पनीले आफ्नै जमानतमा बीउ उपलब्ध गराउन लागेको कम्पनीका कार्यक्रम निर्देशक विवेकानन्द झाले जनाए ।
पहिलो चरणमा किसानलाई निःशुल्क बीउ उपलब्ध गराउने र पछि सफल भएपछि न्यून मूल्यमा किसानलाई उपलब्ध गराउने झाले जनाए ।
‘उन्नत जातका तेजगोल्ड धानको बीउ महंगो र निकै उत्कृष्ट मानिन्छ भने, यसको उत्पादन अन्य जातका धानहरुको भन्दा अधिक रहेको छ। हाईब्रिट जातको यो धानको माग बजारमा उच्च छ ।
त्यसैले व्यवसायीक खेतिका लागि यो धान अतिनै उपयुक्त छ’, उनले भने, ‘परम्परागत खेती प्रणालीको अन्त्य गर्नकै लागि हामीले बायर बायोसाइन्ससँग सम्झौता गरेका हौँ ।
बायरसँग हामीले हाइब्रिट जातको धानको बीउ किन्छौ र किसानलाई उपलब्ध गराउछौं र उनीहरुले हामीलाई आधुनिक कृषि प्रणाली र आधुनिक वैज्ञानिक कृषि प्रणालीको प्राविधिक सहयोग उपलब्ध गराउने छन् ।’
बायर बायोसाइन्स प्रा।लिले पनि नेपाल र भारत पेसागत हिसाबले मात्र नभएर प्राकृतिक भूबनोट र वातावरण पनि उस्तैउस्तै भएकाले यी दुई देशको कृषि प्रणाली समेत मिल्दोजुल्दो भएको जनाएको छ । सो कारणले तेजगोल्ड जात नेपाली भूमिमा उपयोगी हुने र उत्पादकत्व समेत वृद्धि हुने बायरले बताएको छ ।
हाल बायरका १२० राष्ट्रहरुमा कृषि सेवा विस्तार छन् भने १५० स्थानहरुमा कम्पनीको संगठन विस्तार भएका छन् । यता नेपाल कृषि कम्पनीले सन् २०१२ देखि आधुनिक प्रणालीको अबलम्वन गर्दै कृषिमा मेसिनेरी औजारको प्रयोग गर्दै आएको छ । बुद्ध एयरको सहकार्यमा यो कम्पनीले सामाजिक सेवा भावमा एनजीओको रुपमा काम गर्दै आएको जनाए।
हाल कम्पनीले प्रदेश १ को मोरङ्ग र सुनसरीका कृषकहरु माझ कृषिमा प्रयोग हुने आधुनिक ट्याक्टर, कल्टिभेर, रोटाभेटर, हारवेष्टर तथा ट्रान्स प्लान्टर जस्ता आधुनिक मेसिनहरु उपलब्ध गराइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा