सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, जेठ ६ । बहुमूल्य धातु तथा खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले प्राथमिकता दिनु पर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनाएका छन् ।
सोमबार ललितपुरमा नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैँटौ बार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खनन्लाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको जनाए।
उक्त कार्यक्रममा नेपालको वैदेशिक व्यापार घाटा कम गर्दै राष्ट्रिय उत्पादकत्व बढाउन आफ्नै देशको खनिज पदार्थले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेपालमा सम्भावना भएका बहुमूल्य धातु तथा खनिजको उत्खनन्लाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने मुख्यमन्त्री शाहीले जनाए ।
नेपालको कर्णाली प्रदेश बहुमुल्य धातु तथा खनिजको लागि धेरै सम्भावना भएको क्षेत्र भएकोले सबै तहमा ध्यान दिन सरकारले आग्रह गरेका छन् । कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बहुमूल्य पत्थर तथा आभूषण बनाउन प्रयोग हुने धातुको कारोबारको स्पष्ट नीति नहुदा कारोबार गर्ने र उपभोक्ता मारमा परिरहेको गुनासो समेत सुनाए।
सरकारले गरगहना बनाउन प्रयोग हुने सुन चाँदीको आयात गर्न र तयारी गरगहना विदेश निर्यात गर्न स्पष्ट कानुनी व्यवस्था मिलाउन माग गरेका छन् । पछिल्लो केहि वर्ष यता सुन चाँदीको अवैध कारोवार तथा ओसारपसार बढेको भन्दै सरकारले आयातमा निश्चित कोटा परिमाण तोकेको छ । यो व्यवस्थालाई व्यवसायीहरुले विरोध गर्दै आएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा