सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला, ६ जेठ – कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर अन्तर्गतको दार्चुला–बैतडी खण्डमा वैशाख मसान्तसम्म ७० प्रतिशत ट्रयाक खोल्ने काम पूरा भएको छ । बैतडीमा मात्रै करिडोरको ७० प्रतिशत काम भएको दार्चुला तिङ्कर सडक आयोजना कार्यालयका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए ।
बैतडीमा ट्रयाक खोलिनुपर्ने ३९ किलोमिटर सडकमध्ये २७ किलोमिटरमा काम पूरा भएको छ । बाँकी १२ किलोमिटरमध्ये ईश्वर खोलामा किनारमा चार किलोमिटर चट्टान रहेको छ । चट्टान रहेको क्षेत्रबाहेक यस वर्ष बाँकी ट्रयाक खोल्ने काम पूरा हुने इन्जिनियर रैखोलाले बताए ।
बैतडीमा सेनासँग बङ्कर नभएका कारण बिस्फोटक पदार्थ राख्ने ठाउँ नहुँदा यो वर्ष चट्टानी भागमा बिस्फोट गराउन नसकिने अवस्था नरहेको उनले बताए । करिडोरको बाराबोटदेखि मटलासम्म गत वर्ष ६ किलोमिर र यो वर्ष ३ किलोमिटर सडकको ट्रयाक खोलिएको हो । जागरी सिल्लेक सडकमा गत वर्ष १० किलोमिटर र यो वर्ष अहिलेसम्म ८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा