सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ६ । मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा हरित गार्डेन निर्माण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको हो ।
काठमाडौं महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासँग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो ।
बैंकले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको प्रमुख सूचना अधिकारी तिलबहादूर गुरुङ्गले जानकारी दिए ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा