सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ६ । प्रहरीले काठमाडौंको टोखाबाट मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ। पक्राउ गर्न गएको टोलीलाई उल्टै हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
तामाङबाट प्रहरीले पाँच राउण्ड गोली बरामद गरेको छ। घाइते तामाङको उपचार लागी वीर अस्पतालमा लगीएको छ।
विभिन्न आठ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरी छुटेका सिन्धुपाल्चोकको मेलम्चीका तामाङ फेरि पनि चोरी डकैतीमा संलग्न भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा