सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ५ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको एक कार्यक्रम मार्फत नयाँ वसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गर्ने सन्देश दिएको छ ।
उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने जनाएका छन् ।
यसैगरी, कार्यक्रममा गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको एसएसपी सुवेदीले जनाए । उनले भने, ‘नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ,’।
परिसर प्रमुख सुवेदीले व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई कारबाही गर्ने कुरा जनाए। गोँगबु क्षेत्रका जनता पीडकको पक्षमा भन्दा पीडितको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाई छ।
नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसादले आग्रह गरेका छन् । ‘होटल व्यवसायको शिलशिलामा देखिएका कानूनी अफठ्यारा समाधानका लागि नगरपालिका सँधै लाग्नेछ,’ उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोँगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताए ।
‘नयाँ बसपार्क वरपर जथाभावी रुपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्कभित्र लैजान महासङ्घ लागेको छ,’ उनले भने ।
काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल होटल व्यवसायी सङ्घका महासचिव गणेश ढकाललगायतले नयाँ बसपार्क क्षेत्रमा विकराल रुपमा रहेको होटल गाइड हटाउन आफ्नो सङ्घ लागेको उल्लेख गरे ।
सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंहले नमूना गोँगबु निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको जनाएका छन् ।
सो कार्यक्रममा गोँगबु क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधी तथा सदस्यले मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गरेर राष्ट्रिय बसपार्कलाई नमूना बसपार्कको रुपमा विकास गर्न लाग्नुपर्ने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा