सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, जेठ ५ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
आज विहान ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा २९ घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसमा करिव ३८ जना यात्रृ भएको अनुमान गरिएको छ ।
घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।
दुर्घनाको पूर्ण विवरण आइसकेको छैन । बस त्रिशूली नदीमा खसेका कारण क्षतिको विवरण पनि आएको छैन ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा