• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २३ वर्षपछि रातो टीका र पछ्यौरी

      विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

      ओलीको पेलानमा निरीह नेपाल

      प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

      एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

      पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

      धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

      ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

      महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

      आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

      छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

      काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

      आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

      बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    होमपेज /  समाचार

    शिविरमा ढलेका रुखहरु अझै व्यवस्थापन भएनन, स्थानीयले दाउरा बनाएर सक्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ ३, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ७ मिनेट
    फाईल तस्विर

    यज्ञराज उपाध्याय / टीकापुर, जेठ ३ । कैलालीको टीकापुर नगरपालिका-१ एकतानगर शिविरमा प्रत्येक बर्ष हावाहुरीले गर्दा थुप्रै घरहरु ढल्ने गर्दछन । शिविरवासीहरुले रुखहरुको फेद काटेर पातलो बनाएका कारण पनि रुखहरु सुक्ने र ढल्ने गरेका छन तर यतातिर वन बिभाग, डिभिजन र सब डिभिजन वन कार्यालयले ध्यान पुर्याउन नसक्दा यो क्रममा झन बढ्दै छ ।

    फेदमा आगो लगाएर करिब दुई बर्ष अगाडी ढालेको रुख

    स्थानीय गंगादेवी तिखातरीले डेढ बर्ष अगाडी आफ्नो घर अगाडी ढलेका दुई रुखहरु अझै व्यवस्थापन हुन नसक्दा आफू चिन्तित भएको बताइन । “डेढ बर्ष अगाडी यी दुई रुख ढलेका हुन तर यी उठाउन अहिलेसम्म कोहि पनि आएको छैन ।” उनले भनिन, “एक रुख आफै ढल्यो, एक रुखको फेदमा आगो लगाएर राती खै कसले ढाले यसको आरोप पछि हामीलाई आउला भन्ने डर छ ।” घरमा श्रीमान र श्रीमती मात्रै बस्ने उक्त दम्पतीले साझ, बिहान शिविर क्षेत्रमा रहेका रुखहरुको अनुगमनमा कोहि नआउने र दिउसोको समयमा आफू घरमा नहुने हुदा आफुलाई थाहा नहुने बताए । शिविरमा कतै कतै त एक घर रुख समेत ढलेका छन । यसको मुख्य कारण नै स्थानीयले रुखको फेदलाई ताछेर पातलो बनाउनु हो । एक स्थानीयले आफ्नो घरभन्दा अगाडी रहेको रुख दुई महिना अगाडी मात्र ढलेको बताए तर कारण भने आफुलाई थाहा नभएको समेत बताए । उक्त रुखको फेद निकै पातलो बनाईएको थियो र ढलेको दुई महिनामै रुख स्वरुप पुरै फेरिएको थियो । केही सुकुम्बासीहरुले त यी ढलेका रुखका कारण आफुलाई समस्या हुने गरेको बताए ।

    फेद काटेर पातलो बनाएपछी आफै ढलेको रुख

    टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर करिब १६ बर्ष अगाडी विभिन्न ठाउँबाट यहाँ आएर बसेका थिए । ती मध्ये कोहि वास्तविक सुकुम्बासी हुन त, कोहि सुकुम्बासीको नाटकमा बसिरहेका सम्पन्न व्यक्ति । सरकारले जग्गा दिनसक्ने लोभमा पनि धेरै मानिसहरु यहाँ सुकुम्बासीको भेषमा बस्दै आएका छन तर यतातिर समेत सरोकारवालाले ध्यान दिएका छैनन । यिनै सुकुम्बासी नागरिकले आफुले बसोबासित जंगलमा रहेका सालका रुखका फेद अवैधानिक रुपमा काटेर दाउरा बनाउदै गरेका छन, जसका कारण जंगलका सालका रुखहरु बर्सेनि सुक्दै जानुका साथै भक्काभक ढलिरहेका छन । सुकुम्बासी नागरिकहरुले रुखका फेद काटिरहेको प्रती ध्यानाकर्षण नजनाएको डिभिजन वन कार्यालय कैलाली र सब डिभिजन वन कार्यालय टीकापुरले उक्त सुकुम्बासी इलाकामा ढलेका रुखहरुको समेत व्यवस्थापन गर्न सकेको छैन ।

    सब डिभिजन वन कार्यालय टीकापुरका फोरेस्टर राम बहादुर रावलले शिविर क्षेत्रको जग्गा क्याम्पसको नाममा रहेको बताउदै मुख्य अधिकार क्याम्पसको रहेको बताए । “शिविरको जग्गा क्याम्पसको नाममा छ, त्यसैले यहाँको मुख्यअधिकार क्याम्पसकै हुन्छ ।” उनले भने, “यदि रुखहरु काट्दै गरेको प्रत्यक्ष रुपमा भेटे हामी आफै कारवाही गर्छौं र केही महिनाअघि एउटालाई कारवाही समेत गरेका हौं ।” यो सामुदायिक वन नभएर क्याम्पससंग लालपुर्जा समेत भएको क्याम्पसको जग्गा भएकाले आफुले माथिल्लो आदेश बिना केही गर्न नसक्ने उनले बताए । त्यस्तै शिविरमा बर्षौं अगाडी ढलेका तर अहिलेसम्म पनि व्यवस्थापन नभएका रुखहरु सम्बन्धि रावलले भने, “उक्त ढलेका रुखहरु व्यवस्थापनका लागी हामीलाई आदेश हुदैन र आदेशका लागि क्याम्पस आफै सक्रिय हुनपर्छ, जसका लागि क्याम्पसले डिभिजन वन कार्यालय संग समन्वय गरेर ढलेका रुख व्यवस्थापन गर्न आग्रह गर्नुपर्ने र त्यसपश्चात डिभिजन वन कार्यालयको आदेशमा हामीले ढलेका रुख व्यवस्थापन गर्छौं नत्र हामीलाई आदेश हुँदैन ।” उनले जहाँसुकै भएका सालका रुखहरु पनि कसैले काट्न नपाउने सरकारको नियम रहेको समेत बताए ।

    टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशर कुंवरले शिविर क्षेत्रका रुखहरुको जिम्मेवारी क्याम्पसकै रहेको स्विकार्दै २०७३ मा डिभिजन वन कार्यालय कैलालीले शिविरमा ढलेका रुखहरु नउठाउन पत्राचार गरेका कारण अहिलेसम्म रुखहरु नउठाएको बताए । “डिभिजन वन कार्यालयले पत्र मार्फत नै हामीलाई रुखहरु नउठाउनुहोला भनेर आदेश दिएको छ ।” उनले भने, “वन कार्यालयले शिविरमा ढलेका रुखहरु न आफुले उठाउछ, न हामीलाई उठाउन दिन्छ ।”

    डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण दत्त भट्टले आफू नयाँ भएको बताउदै क्याम्पसले आफ्नो नाममा भएको जग्गामा अवस्थित रुखहरुको आफै संरक्षण गर्नुपर्ने बताए । “क्याम्पसले आफ्नो जमिनमा भएका रुखहरुको आफै संरक्षण गर्नसक्नुपर्छ, त्यसका लागि कोहि बाहिरको मान्छे आउनेवाला छैन” भट्टले भने, “बाहिरको अर्को मान्छेले त नोक्सान गर्न मात्रै खोज्छ संरक्षण त आफैले गर्नुपर्छ ।” उनले ढलेका रुखहरुको सम्बन्धमा अहिले नयाँ आएको कार्यबिधी हेर्न नपाएका कारण माथिल्लो निकाय संग खास कुरो बुझेर जानकारी दिने बताए ।

    गतबर्ष मात्रै शिविरमा रहेका सडकमा आवतजावतमा समस्या उत्पन्न गर्ने गरि ढलेका केही सालका ठुला रुखहरु सब डिभिजन वन कार्यालयले रुखहरु ढलेको एक बर्ष पछिको अन्तरालमा व्यवस्थापन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    ओलीको पेलानमा निरीह नेपाल

    प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

    एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

    छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑