सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्बेन्द्र खनालले काठमाडौंको गौशाला बृत्तमा छड्के निरीक्षण गरेका छन्।
शुक्रबार दिउँसो आइजीपी खनालले बृतमा पुगेर त्यहाँबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार निरीक्षणका क्रममा खनालले कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने बताए ।
उनले ‘समुदाय प्रहरी साझेदारी’ अनुरुप काम गर्न र अपराध विरुद्ध कठोर भएर लाग्न समेत निर्देशन दिए ।
खनालले बृतमा आएका सेवाग्राहीका समस्या पनि सुनेका थिए।
। एक सेवाग्राहीले सवारी साधनको नम्बर प्लेट नै नदेख्ने गरी चलाउँदा पनि प्रहरीले कारबाही नगरेको भन्दै गुनासो गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा