सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ, जेठ ३ । स्काइभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन्। बझाङका जयपृथ्वी नगरपालिका–११ मा भएको स्काभेटर दुर्घट्नामा सहचालकको मृत्यु भएको हो भने, चालक घाइते भएका हुन् ।
सोहि नगरपालिकाको चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टीमा शुक्रबार बिहान बा. २ क. ७९४० नम्बरको स्काभेटर सडकभन्दा २५ मिटर तल खसी भएको दुर्घटनामा सहचालक मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
यसैक्रममा, सिन्धुली घर भएका चालक किशोर थापा घाइते भएको प्रहरी नायव निरीक्षक मिन बहादुर सिंहले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा