सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । शुक्रबारबाट देशभर दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन सुरु गरेका छन् । आजबाट नेपाली चलचित्र ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ प्रदर्शनका आएका हुन् ।
‘वीर विक्रम २’
पल शाह, नाजिर हुसेन र बर्षा शिवाकोटीबीचको त्रिकोणीय प्रेमको कथामा आधारीत चलचित्र ‘वीरविक्रम २’ मा पल र नाजिरको मित्रताको कथा रहेको बुझिन्छ । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।
फिल्ममा पल, नाजिर र वर्षासहित बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।
नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यस फिल्मको पहिलो भागमा नाजिसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।
‘जात्रै जात्रा’
प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘जात्रै जात्रा’ विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, दयाहाङ राई ,प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ भने शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । निर्देशक भट्टराई आफैंको कथा रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यस चलचित्रमा रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा