सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो ।
उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।
उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।
हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा