सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जुम्ला, जेठ ३ । जुम्ला गुठिचौर गाउँपालिका ४ मा रहेको राष्ट्रिय भेडाबाख्रा अनुसन्धान फार्मको ३ लाख बर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोबिन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गरेको पाइएको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, अभिलेख अनुसार जिल्ल मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेको बेला (२०६६ साल) पत्नीसहित १४ जना नातागोताका नाममा ५ सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन् ।
न्यौपानेले पदीय अधिकार दुरुपयोग गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
।
२०७२ चैतमा प्रमुख जिल्ला अधिकारी भएर आएका रुद्रप्रसाद पण्डितले सरकारी जग्गा तत्कालीन मालपोत अधिकृत न्यौपानेले हडपेको बिषयमा अनुसन्धान गर्न लगाएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा