सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ । सोमबार औपचारिक निम्तो आएपछि प्रधानमन्त्रि ओली विहिवार सपथग्रहण समारोहमा भाग लिन जान लाग्नु भएको हो ।
भारतको लोकसभा निर्वाचनमा प्रचण्ड बुहमत ल्याएको बीजेपीको संसदीय दलको नेता चुनीएका नरेन्द्र मोदीले ३० मे बेलुका ७ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
खबर अनुसार, प्रधानमन्त्रि नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा बिमस्टेक का सबै नताहरुलाई पनि निमन्त्रणा गरीएको छ ।
विमस्टेकका सदस्यहरुमा नेपाल लगायत बंगलादेश, म्यान्मार, श्रीलंका, थाईल्याण्ड र भुटान देशका सरकार प्रमुखहर शपथ ग्रहण समारोहमा समावेश हुन निम्ता गरीएको छ । खबर अनुसार बंगलादेशकी प्रधानमन्त्रि शेख हसीना सपथ ग्रहणमा समावेश नहुने भएकी छिन । उनी के–कति कारणले समावेश नहुने सोको जानकारी मिल्न सकेको छैन ।
यता छिमेकी देश पाकिस्तानलाई भने निमन्त्रणा नदिइएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा