सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गर्नुभएको छ ।
कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स-’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।
यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स-’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ ।
दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रर्वधनमा प्राथमिकता दिइएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा