• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

      साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

      राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

      सेयर बजारमा दोहोरो अंकको गिरावट

      कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

      हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

      ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

      भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

      १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    होमपेज /  मुख्य समाचार

    एक लाखलाई रोजगारी दिँदै सरकार

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौंँ, वैशाख ३१ । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो ।

    कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न सरकारले सबै स्थानीय तहमा सशर्त अनुदानका रुपमा रु दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट विनियोजन गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सबै स्थानीय तहका लागि बजेट पठाएको हो । उक्त कार्यक्रमबाट ३२ लाख कार्यदिन बराबर रोजगारी सिर्जना हुने सरकारको लक्ष्य रहेको छ ।

    आगामी असार मसान्तभित्र एक लाख छ हजार ७८२ बेरोजगारलाई ३० दिन बराबरको रोजगारी दिइनेछ । बेरोजगार व्यक्तिले दैनिक रु ५१७ का दरले पारिश्रमिक पाउनेछन् । श्रम मन्त्रालयले अल्पकालीन रोजगारी सिर्जनाका लागि आयोजना सञ्चालन गर्न ‘कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६’ जारी गरिसकेको छ ।

    सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकताअनुसारका अन्य श्रमप्रधान आयोजना सञ्चालन गरी रोजगारी सिर्जना गरिनेछ । स्थानीय तहका सडकको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थल जोड्ने सडक निर्माण तथा मर्मतसम्भार गर्ने आयोजनामा बजेट खर्चगरी रोजगारी सिर्जना गर्नुपर्नेछ ।

    सिँचाइका लागि सञ्चालनमा रहेको कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सामूहिक फलफूल खेती, सार्वजनिक स्थलमा बगैँचा निर्माण, कृषि तथा पशुपछी उत्पादनको भण्डारण तथा बिक्री वितरणका लािग आवश्यक पर्ने शीतभण्डार, हाट बजार, तरकारी सङ्कलन केन्द्रको निर्माण तथा मर्मतमा सूचीकृत बेरोजगारलाई खटाउनुपर्नेछ ।

    विद्यालय भवन तथा विद्यालय परिसरमा शौचालय, खेल मैदान, तारबार, बगैँचालगायत पूर्वाधार निर्माण, सार्वजनिक खेलकूद मैदान निर्माण, विस्तार तथा मर्मत, वृक्षरोपण, जलाधार संरक्षण तथा भूक्षय रोकथाम, पहिरो तथा नदी नियन्त्रण, साना बाँध निर्माण, चौतारो निर्माण गरी बेरोजगारलाई रोजगारी दिइनेछ । रोजगारी सिर्जना गर्ने क्रममा सम्बन्धित स्थानीय तहले प्रत्येक आयोजनामा रु पाँच लाखभन्दा बढी खर्च गर्न नपाउने गरी कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।

    रोजगारी सिर्जनाका लागि स्थानीय तहले न्यूनतम रु चार लाखदेखि अधिकतम रु एक करोडसम्म अनुदान पाएका छन् । स्थानीय तहमा पठाइएको कूल बजेटको ७४ प्रतिशत श्रमिकको ज्यालामा खर्च गर्नुपर्नेछ । २५ प्रतिशत आयोजना सञ्चालन गर्न आवश्यकपर्ने औजार खरीद र एक प्रतिशत व्यवस्थापनमा खर्च गर्नुपर्नेछ ।

    सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरिसकेको छ भने रोजगार संयोजक पनि खटाइसकेको छ । रोजगार संयोजकले अहिले बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गरिरहेका छन् । सरकारले गत चैत १ गतेदेखि यही वैशाख मसान्तसम्म बेरोजगार व्यक्तिले आफू बसोबास गर्दै आएको स्थानीय तहमा गई सूचीकृत गर्न सक्ने व्यवस्था गरेको थियो ।

    सरकारले आव २०७५÷०७६ को बजेट वक्तव्यमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न रु तीन अर्ब १० करोड बजेट विनियोजन गरेको थियो । आन्तरिक श्रम बजारमा रोजगारीको सिर्जना गर्दै बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको थियो ।

    बेरोजगारी र गरीबी न्यूनीकरणमा टेवा पुग्ने विश्वास

    सरकारले रोजगार कार्यक्रम कार्यान्वयन भएपछि मुलुकमा व्याप्त बेरोजगारी समस्या केही हदसम्म सम्बोधन हुने र गरीबी न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने जनाएको छ । रोजगारीको हकसम्बन्धी ऐनले बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा १०० दिनको रोजगारी उपलब्ध गराउने सुनिश्चितता गरेको छ । चालू आर्थिक वर्षमा १०० कार्य दिनको अवधि नभए पनि सरकारले बेरोजगार युवालाई उपलब्ध दिनलाई आधार मानेर रोजगारी दिन लागेको हो । श्रममन्त्री गोकर्ण विष्टले आर्थिक वर्षको अन्त्यसम्म जति कार्य दिन भए पनि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

    अल्पकालीन रोजगारी प्रदान गरिएसँगै गरीबी र बेरोजगारीबाट पिल्सिएका जनताले यही आर्थिक वर्षबाट राहत महसुुस गर्ने श्रम मन्त्रालयका उपसचिव डा लोकनाथ भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवालाई यही आर्थिक वर्षभित्र केही रोजगारी दिएर त्यसबापत पारिश्रमिक दिइनेछ, कार्यक्रमको शुरुआतसँगै नेपाल सरकारको गरीबी र बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्य हासिल गर्न महत्वपूर्ण सहयोग मिल्नेछ । नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न र बेरोजगार युवाको मुहारमा खुशी ल्याउन तथा स्थानीय तहमा पूर्वाधार विकास गर्न कार्यक्रम सफल हुनेछ ।”

    बेरोजगार व्यक्ति प्रत्यक्षरुपमा लाभान्वित हुने यस कार्यक्रमका लागि बजेट विनियोजन गर्दा वस्तुगत आधारलाई ध्यान दिइएको उपसचिव डा भुसालले बताउनुभयो । बजेट विनियोजनका क्रममा कुनै पनि गुनासा नआओस् भनेर वैज्ञानिक, वस्तुनिष्ठ सूत्रात्मक आधार अपनाइएको उहाँको भनाइ छ । गरीब घरधुरीको सङ्ख्या, स्थानीय तहको जनसङ्ख्या र भौगोलिक विकटतालाई आधार मानेर बजेट विनियोजन गरिएको हो ।

    गरीब घरधुरीको सङ्ख्यालाई ६० प्रतिशत, सम्बन्धित स्थानीय तहको जनसङ्ख्यालाई २० प्रतिशत र भौगोलिक विकटतालाई २० प्रतिशत मानी बजेटको विनियोजन गरिएको थियो । भौगोलिक विकटताको आधारलाई पनि पाँच समूहमा वर्गीकृत गरिएको छ । भौगोलिकरुपमा अतिविकटलाई ‘क’ मानेर १० प्रतिशत, ‘ख’ आठ प्रतिशत, ‘ग’ लाई छ प्रतिशत र ‘घ’ लाई चार प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    चालू आवमा निर्वाह भत्ता वितरण नगरिने

    रोजगारीको हकसम्बन्धी ऐनले बेरोजगार व्यक्तिलाई निर्वाह भत्ता दिनुपर्ने व्यवस्था गरेको भए पनि चालू आर्थिक वर्षमा भने बेरोजगार युवाले निर्वाह भत्ता नपाउने सरकारले प्रष्ट पारेको छ । ऐनले बेरोजगार नागरिकलाई प्रत्येक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । रोजगार कार्यक्रम कार्यान्वयनमा केही ढिलाइ हुँदा बेरोजगार नागरिकलाई १०० दिनको रोजगारी उपलब्ध गराउने समय नभएकाले निर्वाह भत्ता उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑