सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, बैशाख ३१ । पोखरामा अनौठो घटना घटेको छ । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् ।
पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन् । उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि पोखरामा बस्दै आएकी थिइन । नजिकै चिनेजानेको एकजनासँग उनको शारिरीक सम्पर्क भयो, र बच्चा पनि जन्माईन् ।आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन र जन्मिसकेको बच्चा मार्ने हिम्मत पनि उनले गर्न सकिनन् । पाल्न नसक्ने भएपछि घर आडैको बाँसघारिमा लगेर फ्याँकिदिईन ताकि अरुले देखोस् र कसैले लगेर पालोस् भनेर ।
उनले भनिन ‘मेरो बच्चाको माया धेरै छ । तर पाल्ने अवस्था छैन । मार्न पनि सकिन प्रहरीसँगको बयानमा उनले भनिन–कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’
सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी गरीएको छ ।
स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त सिसुलाई गण्डकी अस्पतालमा राखिएको छ । अहिले बच्चाको अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा