• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

      २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

      ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

      गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

      ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

      नेपाल टेलिकमको नगद लाभांश घोषणा

      पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

      ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

      बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

      महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

      ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

      विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

      संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

      राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग गुनासो: गाउँपालिकाले चार महिनासम्म भत्ता दिएन

      रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    होमपेज /  समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ३०, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    मुस्ताङ, बैशाख ३० । मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् ।

    फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् ।

    मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ ।

    यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ आइपुग्छन् ।

    मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन् । तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापं), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अङ्ग्रेजी महीना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५५७ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।
    जसमध्ये सबैभन्दा बढी अप्रिल महिनामा १० हजार २२९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा नौ हजार ६१५ विदेशीले मुस्ताङ घुमेका थिए ।

    ‘मे महिनामा पर्यटक अझै बढ्छन्’, कार्यालयका पर्यटन सहायक प्रेम बस्नेतले भने, ‘जेठ अन्तिमसम्मै पर्यटकको आउजाउ बढी हुन्छ ।’ गत वर्षको मे महीनामा १३ हजार ९९८ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।

    मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने बताइन्छ ।

    ‘अहिले दैनिक सयौं पर्यटक मुस्ताङ आइरहेका छन्’, जोमसोमका होटल व्यवसायी सम्झना रानाले भने, ‘विदेशीमा बढी भारतीय तीर्थयात्री आउँछन् ।’

    पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुईँचो लाग्ने गर्छ ।

    मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

    यहाँको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ ।

    वर्षेनी पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन् ।

    कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा आइपुग्ने गर्छन् ।

    यातायातको सहजताले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको होटल व्यवसायी बताउँछन् । म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङको यात्रा तय गर्न सकिन्छ ।

    पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ । गएको अङ्ग्रेजी वर्षमा ५९ हजार ८३८ विदेशी पर्यटकले मुस्ताङ घुमेका थिए । यो वर्ष उक्त सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    नेपाल टेलिकमको नगद लाभांश घोषणा

    ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

    बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

    ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

    विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

    संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑