सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३० । नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् ।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालीरहेका एसएसपी उत्तमराज सुवेदी महानगरीय प्रहरी परिसरमा सरुवा भएपछि पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो ।
डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि नेपाल प्रहरीमा रिक्त रहेको डिआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो ।
गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उपनियम ४ को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो ।
पोखरेललाई आइतबार मात्रै आईजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा