सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिबास, बैशाख ३० । आज बिहान ट्रक र टिप्पर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ माइस्थान चोकमा बिहान २ बजे ना. ६ ख. ३०२० नंको ट्रक र बा. ५ ख. ४२२२ नंको टिप्पर एकअर्कोमा ठोक्किएर उक्त घटना घटेको ह। उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृतक दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाए ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा