सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इंडियन प्रिमियर लिगको १२ औ सिजनको समापन भएको छ । आइतबार खेलीएको रोमाञ्चक प्रतिस्पर्धामा एकपटक फेरी रोहितको कप्तानी भएको मुंबईले बाजी मारेको छ भने चेन्नईको टिम उप–विजेता बनेको छ ।
जीत–हारबाट अलग सिजनको अन्तिम म्याचमा फेरी रेकर्डहरु बनेका छन्, म्याचमा रोहितदेखी लिएर धोनीले पनि किर्तिमान स्थापीत गरेका छन् ।
१) दिनेश कार्तिकलाई पछाडि छोड्दै धोनीे आइपीएल इतिहासको सबैभन्दा सफल विकेटकिपर बनेका छन् । धोनीले आफनो आइपीएल करियरमा १३२ को शिकार गरेका छन् ।
२) चेन्नईका इमरान ताहिर आइपीएल इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् । सिजनमा उनले २६ विकेट लिए ।
३) हार्दिक पांडयाले १६ म्याचमा ४०२ रन बनाएका छन् । उनले पहिलो पटक एक सीजनमा ४०० भन्दा बढि रन बनाएका छन् ।
४) मुंबईले चौथो पटक आइपीएलको उपाधि जितेको छ , यो सँगै उ सबैभन्दा धेरै पटक उपाधि जित्ने टिम बन्न पुगेको छ ।
५) रोहित शर्मा एकलौटी यस्तो खेलाडी बनेका छन जो ५ पटक विजेता टिममा सहभागी भए । रोहित डेक्कन चार्जर्स टिमका हिस्सा थिए र त्यसपछि उनले कप्तान ४ पटक उपाधि आफनो नाम गरे ।
६) रोहित शर्मा मुबईको तर्फबाट टि–२० क्रिकेटमा ४,००० रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।
७) डेविड वार्नर तिन ओरेज कप जित्ने पहिलो खेलाडी बनेका छन् । वार्नरले बर्ष २०१५ मा ५६२ रन र २०१७ मा ६४१ रन बनाउदै ओरेज कप जितेका थिए । भने यो बर्ष उनले ६९२ रन बनाउदै यो उपाधि आफनो नाम गरेका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा