सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नाटकीय उतार–चढावले भरिएको प्रतिस्पर्धामा मुंबईले चेन्नेईलाई अन्तिम बलमा एक रनले हराउदै चौथो पटक आइपीएल उपाधि जीतेको छ । मुंबईको टिमले आइपीएल–१२ को फाइनल प्रतिस्पर्धामा ८ विकेटमा १४९ रन बनाए तर चेन्नईको टिमले २० ओभरमा सात विकेटमा १४८ रन मात्र बनाउन सक्यो ।
मुंबईको टिमले यो भन्दा पहिला २०१३,२०१५ र २०१७ मा उपाधि जितेको थियो । मुंबई चार पटक उपाधि जित्ने पहिलो टिम बनेको छ । चेन्नईले ३ पटक उपाधि जीतेको छ । केबल एक रनको अन्तर चेन्नईलाई चौथो जीतले बञ्चित गर्यो ।
अन्तिम ओभरमा चेन्नईलाई जीतको लागी ९ रन चाहिएको थियो, पहिलो २ बलमा एक–एक रन आयो । तेस्रो बलमा २ रन बन्यो । चौथो बलमा दोस्रो रन लिने समय शेन वाटसन (८०) रनआउट भए । अन्तिम २ बलमा चेन्नईलाई ४ रनको आवश्यकता थियो । शार्दुलले २ रन लिए जब अन्तिम बलमा २ रन चाहिएको थियो तब मालिंगाले शार्दुललाई एलबीडब्ल्यू धरापमा पारे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा