सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २९ । अस्ट्रेलियाको सिड्नीमा सिड्नी–गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न भएको छ । ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ बुँदे निर्णय आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सामूहिक लगानी फण्डमार्फत नेपालको जलविद्युतलगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने उक्त बैठकले प्रतिबद्धता जनाएको छ।
यसैक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्ययोजना ल्याउने, विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय समेत उक्त बैठकले जनाएको छ।
नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न अस्सीमेड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसनबीच सहकार्य गर्नेगरी समझदारी पनि भएको जनाए।
यसैक्रममा,ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित विशेष कार्यक्रम सञ्चालन गर्दै नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय पनि बैठकले गरेको अधिकारीले जनाएका छन् ।
उक्त बैठकले एनआरएन नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न सरकारलाई अनुरोध गरेका छन्।
बैठकले अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको स्वागत गरेको गर्दै कार्यक्रम सफल बनाउन सहयोगी भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
उपाध्यक्ष कुमार पन्तका भनाइ अनुसार शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको बैठकमा प्रदेश सांसद बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पधादिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागिता रहेको जनाएका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा