सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २९ । सरकारको बजेटका कारण चालु आर्थिक वर्षको सुरुमै बढेको इन्टरनेट महसुल सर्वत्र विरोधपछि फिर्ता गरिए पनि आर्थिक वर्षको अन्त्यतिर फेरि बढ्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले अत्यधिक रुपमा पोलको भाडादर बढाएपछि त्यसको सिधा भार उपभोक्ताको थाप्लोमा पर्ने खेखिएको छ। हालसम्म प्रतिवर्ष प्रतिकिलोमिटर ५ हजार ५० रुपैयाँ तिरिरहेका व्यवसायीले पोलको भाडादर अब १४ हजार पाँच सय रुपैयाँ बुझाउनु पर्नेगरी प्राधिकरणले महशुल बृद्धि गरेको छ।
इन्टरनेट तथा टिभी सेवाप्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत् प्राधिकरणले चर्को महशुल लगाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। यो समाचार आजको कारोबार दैनिकमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा