सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / अछाम । अछाम जिल्ला समन्वय समिति सदस्य बेदप्रकाश तिमिल्सिनाले पुर्वाधार विकास कार्यालय सांफेबगर अछामका निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई काट्ने, मार्ने धम्की लगायत अश्लिल गाली समेत गरेका छन । उनले आफुले भने बमोजिम नभएपछी इन्जिनियरलाई तथानाम गालिगलौज गरेको अडियोबाट प्रष्ट हुन्छ ।
उनी एक जनप्रतिनिधि पनि हुन भन्न लाज लाग्ने किसिमको उनले गरेको गालिको अडियो रेकर्ड आजै मात्र सार्वजनिक भएको छ । उनलाई अछाममा एक चर्चित पत्रकार तथा अछामको पत्रकारिता जगतलाई पुनर्जागरण गर्ने पत्रकारका रुपमा पनि हेरिन्छ । उनी पञ्चदेवल नगरपालिका वडा नम्बर १ बाट वडा सदस्यमा बिजय भएर अछामको जिल्ला समन्वय समितिको सदस्यमा छिरेका हुन । पछिल्लो समय जनप्रतिनिधिका यस्ता कर्तुत यसरी सार्वजनिक हुनु नौलो कुरा भने हैन । जताततै जनप्रतिनिधिहरुको मनोमानी अनि बल प्रदर्शन हावी छ तर पनि उनको यो फोन अडियो क्लिप सुन्दा साच्चै जनताले कस्ता जनप्रतिनिधि चुनेछन भनेर सोच्नुपर्ने अवस्था आएको छ ।
अश्लिल शब्द सहित “तलाइ काटेर फाल्छु, मान्छे मार्नु मेरा लागि ठूलो कुरा हैन, मैले एक अपराधीलाई संरक्षण गरेर राखेको छु, अब त्यसैलाई तलाई मार्न पठाउछु” भन्दै आक्रोशमा आउदै इन्जिनियरलाई नानाथरी गालिका साथ रेकर्ड गर्न आग्रह समेत उनले गरेको प्रस्टै सुनिन्छ जो अहिल भाइरल भएको छ । नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष एवं नेपाली काङ्ग्रेस अछामका सहसचिव र प्रवक्ता समेत रहेका तिमिल्सिनाले इन्जिनियरलाई एमाले झोले हैनस र तं भन्दै नेकपाका सुदुरपश्चिम प्रदेश सचेतक एवं प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई समेत नानाथरी गालिगलौज गरेका छन ।
उनलाई अब पार्टीले कस्तो कारवाही गर्छ वा कसरी संरक्षण गर्छ त्यो पार्टीको कुरा रह्यो तर यस्ता जनप्रतिनिधिहरुबाट जनता कसरी सुरक्षित रहने?
सुनौं, उनले इन्जिनियरलाई गरेको गालिको पुर्ण अंश, त्यो भन्दा अघि यो जस्ताको तस्दै शब्दमा :
तिमिल्सिना : काम गर्ने त हाकीमलाई काटेर त्यो नौघाटेका खोलामा रगत बगाएन भनेदेखि म बेद प्रकाश तिमिल्सिना हैन मु…. रेकर्ड मेरो फोन रेकर्ड गर ।
इन्जिनियर : कस्तो कुरा गर्नुहुन्छ ? मैले हजुरको कुरा नमानेको होर भन्या,
तिमिल्सिना : कस्तो कुरा हैन म फेरी भन्छु त कार्यकर्ता हो तलाई काटेर नौघाटेका खोलामा रगत बगाईन भने म बेद प्रकाश तिमिल्सिना हैन । मा… मु….. तलाई थाहा छैन त एमालेको कार्यकर्ता हैन ? कसले जागिर दियो ? मा.. चोर, साले यो उत्तर कोरिया हो । के बुझेको छन् त सालेले । यो देशमा साम्यवादी शासन छ मु.. यो देशमा कांग्रेस छ । यो वडा कांग्रेसले जितेको हो । कांग्रेसका मान्छे छन् । तलाई मात्र हैन । तेरो माननीय भनिएकोलाई पनि काट्ने हैसियत छ बेद प्रकाश तिमिल्सिनासँग । त्यो यौन पिपाशु….को हो त्यो अक्कल रावल मा…
इन्जिनियर : अब म के भनौ…
तिमिल्सिना : के भनौ हैन त मु… काट्ने हो म काट्ने हो । तलाई काट्ने हो । त्यो पैसा त्यो सम्झौता अघि बढाईस् भने तेरो टाउकोमा बम पड्काई दिन्छु । मु… बन्दुक चलाउने मान्छे हो म पनि त मु.. लाई मार्नुमा कुनै समस्या छैन । तलाई मारेर मुक्ति गराउँछु । जंगे थापा मेरो आवाज रेकर्ड गर फेरी भन्छु त मु…. लाई काटेर रगटेको सालमा रगत बगाउने हो । फोन रेकर्ड गर । सिडियोलाई भन ।
इन्जिनियर : हजुर एउटा जनप्रतिनिधि…
तिमिल्सिना : ताई न तुई काम गर्छस् । यो प्रक्रिया अगाडी बढाईस भने तलाई काट्ने नै हो । रिसले भनेको हैन साँचो हो । अब खै म के भनौँ हजुरलाई त मु.. लाई काट्ने हो । तैले अस्ति भेला बेलाउछु भनेको हैन । अब ठिकै छ । त मु… के भनेको थियो । ओभरसियर पठाउछु भनेको हैन ।
इन्जिनियर :– ओभरसियर पठाउँछु भनेको हो आउँछन् साथीहरु ।
तिमिल्सिना : ताईन तुईको समिति बनाउने । ओभरसियर पठा । थाहा छैन मलाई त नेकपाको कार्यकर्ता होस् भन्ने । म बाजुराका मान्छेलाई सेस्पेक्ट गर्ने मान्छे । राम्रो मुखले तपाई बाजुराको हुनुहुदो रहेछ । मिलेर काम गरौँ भनेको तेरो मैले चाकडी गरेको हैन राम्रै कुरा भनेको तर त त चोर रहेछस् ।
इन्जिनियर : ए प्रभु मैले सम्झौता रोकेकै हैन ।
तिमिल्सिना : तलाई काट्ने औकात छ । मेरो बारेमा बुझ यो एरियामा तलाई काट्न मलाई कुनै दुख छैन ३० बर्षको भए । २० बर्षमा छुटि हाल्छु । जेलबाट छुट्दा ५० बर्षको हुन्छु । ५० बर्षमै कांग्रेसले युवा नेता मानिहाल्छ ।
इन्जिनियर : अब के भनौ त मैले तपाई आवेशमा हुनुहुन्छ ।
तिमिल्सिना : के भन्छु हैन । प्रक्रिया क्यान्सील गर । तेरो अध्यक्षतामा भेला बोलाएर मैले भने अनुसार काम गर नभए म मान्दिन ।
इन्जिनियर : अब ठिकै छ त्यो पनि सोचौला अब के गरौ त ।
तिमिल्सिना : सोचौला हैन । तैले मेरा मान्छेराखेर भेला बोला । भनेको छु म डिजीको मान्छे हो । यदि यसो गरिनस् भने त मु.. लाई काट्ने हो । तलाई काट्न मलाई कुनै समस्या छैन । त्यो रेशम तिमिल्सिना छ नी त्यो दुई वटा मर्डर (हत्या) को केश लागेको मान्छे हो । उसलाई मैले छुटाएर ल्याएको । उ अहिले सुधारमा छ फेरी उसलाई अपराधि बनाउनु नपरोस् । उनको बारेमा बाँके जिल्ला अदालतमा बुझे हुन्छ । दूई वटा इन्काउण्टर सुट हानेको हो । आर्मीको क्याप्टेनलाई मारेको हो । बकाईदा बुझे हुन्छ । उसको प्रोफाईल कस्तो हो भनेर भोली नै भन्छु उसलाई जंगे थापालाई मार भनेर । एकदम प्रष्ट बुझे हुन्छ । १ सय पटक हिरासतमा परेको २१ वटा केस अदालतमा पुगेको । २ वटा फैसला नजिक पुगेको हत्याको केश हो उसको । त्यसैले प्रष्ट भेला गरा, मान्छे पठा । अब यति मात्र हुन्न । यो मिडिया बाजी हुन्छ, सब हुन्छ के हुन्छ के हुदैन यो बिषयमा । के भन्नु हुन्छ त अब तपाई ।
इन्जिनियर : अब के भनौँ त म । तपाई एकदम आवेशमा हुनुहुन्छ ।
तिमिल्सिना : आवेशमा हैन आवेशमा हैन प्रक्रिया बेशमा । तपाईले के भन्या म गाउँको मान्छे बोलाउछु भन्या हैन ?
इन्जिनियर : गाउँमा मान्छे पठाउछु त भन्या हो, मैले भन्या कुरा भन्या छैन त भनेको छैन ।
तिमिल्सिना : अनि अनि अनि किन नपठाको, हिजो किन समिती नबनाको?
इन्जिनियर : नाइ, समिती यस्तो भो के हजुर, हिजो मर्ज भयो, उनिहरु दुबैजनालाई म हजुरका अगाडी राखिदिन सक्छु हैन, हामी मिलेर आयौं यहि हो समिति…………
तिमिल्सिना : मिलेर आए खै त त्यो अध्यक्षको सहमति ? अनि मिलेर आएपछि मु… अनि नेकपा नेकपाको मान्छे मिलेर हुन्छ माधरचोद…
इन्जिनियर : ए प्रभु म सबै चिन्दैन वडा अध्यक्षको पनि सिफारिस चाहिन्छ….
तिमिल्सिना : चिन्दैन भने (एकदम अश्लिल शब्द) रेशम तिमिल्सिना पुग्या छ त त्यां, रेशम तिमिल्सिनाको नाउँ छ त्यां
इन्जिनियर : को भन्नू भो?
तिमिल्सिना : रेशम तिमिल्सिनाको नाउँ छ त्यां?
इन्जिनियर : रेशम तिमिल्सिनाको छैन ।
तिमिल्सिना : रेशम तिमिल्सिना अध्यक्ष नभएर मर्ज हुन्छ??
इन्जिनियर : त्यो त मलाई था भएन
तिमिल्सिना : था भएन हैन, कार्यकर्ता रुपमा काम गर्या छ, मैले लास्ट पटक भने है, तैले यो प्रक्रिया रोकिनस भने पछि त मु…. लाई त मैले छ्याट्ट काटें काटें, नकाटे पछि मेरो माएको पोइ जा । राम्रो संग काम गरेस तेरि मां……..
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा