सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप, बैशाख २६ । मोटरसाइकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा. ४८ प. ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा