सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, बैशाख २५ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
काठमाडौँबाट पोखरा जाँदै गरेको बा. २ ख. ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए ।
माइक्रोको ठक्करबाट टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलको उपचारपश्चात् थप उपचारको लागि काठमाडौँस्थित सीतापाइला अस्पताल पठाइएको थियो ।
ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । -रासस
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा