सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको सबैभन्दा धनि ब्यक्ति मध्येका एक वारेन बफेटले अमेरीका र चीन बिचको ब्यापार युद्धलाई लिएर चिन्ता ब्यक्त गरेका छन् । उनले दुबै महाशक्तिहरु बिच चलिरहेको ट्रेड वार पुरै विश्वका लागी नोक्सानदायी भएको बताएका छन् ।
दिग्गज लगानीकर्ता वारेन बफेटको यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले गरेको ट्विटर सन्देशको आधारमा दिएका हुन्, जसमा उनले भनेका छन कि चीनबाट आयातित २०० अरब डलरको बस्तुमाथिको शुल्कको दर हाल कायम १० प्रतिशतलाई बढाएर २५ प्रतिशत गरिनेछ ।
बफेटका अनुसार, यदि अमेरीकाको चीन माथि २५ प्रतिशत ट्यारिफ लगाउने धम्कि सहि सावित भएमा यो स्थिति पुरै विश्वको लागी खतरनाक हुनेछ । वारेन बफेटले भनेका छन् कि ट्रेड वारको मसला सुल्झाउनु नै सबैको लागी भलाई छ । यो पुरै विश्वको लागी खतरनाक सावित हुनेछ । ट्यारिफमा तोल–मोल घातक छ ।
ट्रंपको ट्विट पछि विश्वभरको स्टक मार्केटमा भारी गिरावट आएको थियो ।
मुद्राकोषले पनि गर्यो विरोध
वारेन बफेटको अलावा यो ट्रेड वारलाई विश्वभरमा विरोध गरिदै छ । अन्तराष्ट्रिय मुद्राकोषकी अध्यक्ष एवं प्रबन्ध निर्देशक क्रिस्टीन लेगार्दले भने कि अमेररिका र चीन बिचको ब्यापार तनाव विश्व अर्थब्यवस्थाको लागी सबैभन्दा ठुलो खतरा हो । पेरिसमा एउटा सम्मेलनको दौरान लेगार्दले भनेका छन कि अमेरिका तथा चिन बिच तनाव विश्वको अर्थब्यवस्थाको लागी खतरा हो । उनले यो पनि भनेका छन् कि ताजा ट्विट सन्देशले दुबै देश बिच कुनै ब्यापार पनि ब्यापार सम्झौता हुने सम्भावना कम भएको छ ।
ट्रंपको धम्कि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले आइतबार चीनमाथि दबाब बढाउन २०० अरब डलरको चीनीया सामान आयातमाथि शुल्क दर बढाउने धम्कि दिएका थिए । ट्रंपले ट्विट गर्दे भनेका छन कि शुक्रबार देखी चीनबाट आयात गरिने २०० अरब डलरको सामानमा शुल्क दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत गर्ने धम्कि दिएका थिए ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा