सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २५ । दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन्। काठमाडौं महानगरपालिका–१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।
४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकुमार लालले बताए। झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु(मा उपचारका लागि भर्ना भएका थिए। ढल निकास नभएको र पानी पनि दूषित हुने गरेकाले हैजा फैलने जोखिम छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोली तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुबाट स्वास्थ्यकर्मीको टोलीले बिरामको घर गइ स्थलगत निरीक्षण समेत गरेको थियो।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा