सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १० लाख मूल्य बढीको सुनका बालासहित एक पक्राउ परेका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करिब रु १० लाख १५ हजार बराबरको सुनका बालासहित आज प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा अवैध रुपमा सुन सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा