सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २४ । एनआई सी एशिया बैंक र भाटभटेनीमनी ट्रान्सफर बिच सम्झौता भएको । मंगलबार बैकको मुख्य कार्यालयमा आयोजीत एक कार्यक्रममा उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे ।
अबदेखी स्वदेश तथा बिभिन्न मुलुकहरुबाट भाटभटेनीमनी ट्रान्सफर मार्फत पठाएको विप्रेषण रकम एनआईसी एशिया बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउनेछन् ।
बैंकले हाल मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर तथा २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १६ लाख ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गरीरहेको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा