सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुबीच विवाद भएको छ ।
प्रधानमन्त्रीले रोष्टममा बोलिरेका बेला प्रधानमन्त्रीको जवाफ चिक्त नबुझेपछि काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।
प्रश्नको उत्तर दिन ड्यास पुगेलगत्तै प्रधानमन्त्रीले अक्रोस, कुण्ठा र निम्सरा अभिव्यक्ति छाडेर म प्रश्नहरुको जवाफ दिन चाहन्छु भनेलगत्तै सांसदहरु उठेर बिरोध जनाएका हुन् ।
सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न र जवाफ सुन्न आग्रह गरेपनि कांग्रेसका सांसदहरु उभिएर विरोध प्रदर्शन गरीरहे ।
प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड सुनाउन आग्रह समेत गरेका थिए ।
कांग्रेसका सांसदहरुको विरोधका बाबजुद पनि सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमको प्रक्रिया अगाडि बढाएका थिए । संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम गर्न नसकेको र संसदिय मुल्य, मान्यतामा इतिहास मे पहिलो पटक यस्तो घटना घटेको भन्दै आलोचना गरेका थिए ।
प्रतिपक्षिको अवरोधबिच सरकारको आगाी बर्षको निति तथा कार्यक्रम बहुमतले पारीत भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा