• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेकपा कसको ?

      संसदभित्रको खेलोमेलो झन् जटिल बन्ने

      एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

      आज स्वस्थानी ब्रत समापन गरिँदै

      फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

      प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

      ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

      आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

      आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

      २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

      सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

      सरकार विचलित छैन : प्रवक्ता गुरुङ

      चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

      औषधि विभागका अधिकृत घुससहित पक्राउ

      चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

    होमपेज /  समाचार

    के हो नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद ?

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २४, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    नीरज गौतम/नेपालगञ्ज, बैशाख २४ । नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी (ग्रिन बेल्ट) को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु. १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

    ठेकेदारले काम गर्दा स्थानीयले काम गर्न नदिएपछि विवाद शुरु भएको हो । सो क्षेत्रका व्यापारी कृष्णप्रसाद श्रेष्ठले ग्रिनबेल्टको बीच भागमा टायल नलगाई रुख रोपेर सौन्दर्यकरण गर्नुपर्ने बताएका छन् । ‘हामी विकास विरोधी हैनौँ, तर विकासको नाममा स्थानीयलाई पन्छाएर काम गर्नु हुन्न भन्ने हाम्रो माग हो’, उनको भनाइ छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले यो विवाद न्यूरोडका स्थानीयसँग छलफल गरेर टुङ्ग्याइने बताए । ‘हामीले हरियाली मास्न खोजेका हैनौं, थप रुख रोपेर भुइँमा टायल मात्र लगाउन खोजेका हौँ’, उनले भने ।

    नेपालगञ्ज देशकै धेरै गर्मी हुने शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम बढ्दै गएकाले विकास निर्माणको कामसँगै हरियाली अभियानलाई पनि समावेश गर्नुपर्ने माग बठेको हो ।

    नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका लागि नगरपालिकाले पालना गराएको भने पाइँदैन । नगर प्रमुख राणा भन्छन्, ‘यसको हामीले सूक्ष्म अध्ययन गरिरहेका छौं । यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिनेछ ।’

    ‘आउँदो चार वर्षसम्म यो अभियान सञ्चालन हुनेछ । नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गर्ने अभियानको मूल उद्देश्य छ’, नगर प्रमुख राणाको थप भनाइ छ, ‘सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका पनि छौं ।’

    नेपालगञ्जलाई हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती पनि छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचे जस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । ‘हामी त्यसको पनि कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा स–साना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ’, नगर प्रमुख राणाको कथन छ ।

    अभियानको शुरुआती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । त्यस कार्यमा नगरपालिकालाई नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, ग्रिन नेपाल क्लिन नेपाल, बी गु्रपलगायतका संस्थाले सघाउँदै आएका छन् ।

    बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारी साधनको धुवाँजस्ता कारण नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको छ । ‘यिनै कुरालाई दृष्टिगत गरी नेपालगञ्जको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ, सङ्घका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।

    हरियाली अभियानको साथसाथै नेपालगञ्जलाई ध्वनि निशेष गर्ने नीति पनि नेपालगञ्ज उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारी साधनमा हर्न बजाउन निशेष गरिएको छ भने मन्दिर र मस्जिदबाट प्रसारण गरिने चर्को आवाजको माइकको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

    विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । यो निर्णयलाई सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ ।

    ‘हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रुपमा लिएका छौँ’, नगर प्रमुख राणाको भनाइ छ, ‘यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।’ -रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सरकार विचलित छैन : प्रवक्ता गुरुङ

    चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    औषधि विभागका अधिकृत घुससहित पक्राउ

    चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

    सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

    अझै पत्तो लागेन फेला बेपत्ता दम्पत्तिको अवस्था

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा कसको ?

    संसदभित्रको खेलोमेलो झन् जटिल बन्ने

    एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    नेकपा कसको ?

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑