सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २४ । आज भइरहेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले दिँदैछन् । गत बैशाख २० गते सरकारको तर्फबाट नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेकी थिइन् ।
उक्त नीति तथा कार्यक्रममाथि २२ गतेबाट संसदमा छलफल सुरु भइरहेको छ। संसदीय नीति तथा कार्यक्रममा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि नीति तथा कार्यक्रम पास हुनेछ ।
संसद सचिवालयका अनुसार मङगलबार ११ बजेबाट बसेको संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले दिउँसो १ बजे जवाफ दिने कार्यक्रम तय भएको छ । त्यसअघि छलफल जारी रहने जनाइएको छ ।
उक्त नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षलगायत विपक्षीले कार्यक्रम सतही र पुरानै विषयबस्तु समेटेको निबन्ध भनेका छन् । नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ । आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्ने योजना छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा