सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २२ । जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउँछन् । उनले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने र्याक , मुडालगायत थुप्रै सामग्री तयार पार्छन् ।
योङ्याले बनाइएका सामग्रीले भने, बजार नपाउँदा भने सामग्री बनाउन नै छाडेका छन् । उनी भन्छन्– ‘सुरु–सुरुमा धेरै सामग्री बनाइयो बिक्री समेत भएन् । सामग्री बनाएर मात्र के गर्नु बिक्री नै नभएपछि अहिले कसैले माग गरे भने मात्र बनाउने गरेको छु ।’
आफ्नो क्षमता भएर पनि आफूले आम्दानी लिन नसकेको उनको गुनासो छ । उनले रु. ५०० देखि एक हजार ५०० सम्मका बाँसका विभिन्न सामग्री बनाउने गरेको उनका भनाइ छ ।
उनी भन्छन्, ‘सामग्री बनाउन जति पनि सक्छु, राम्रो बजार भए म यही कारागारमा बसेरै महीनाको रु. २५ भन्दा माथि कमाउन सक्थे ।’ कारागारका अन्य कैदीको समेत उही गुनासो छ ।
आफूहरुको दक्षता अनुसार आम्दानी भने गर्न सकेको छैन् । उनले बजार नपाएका कारण नै सामग्री बनाउन कम गर्नुभएको कारागारका सूचना अधिकारी विमल ढङ्गानाले बताएका छन् ।
ढुङ्गाना भन्छन्, ‘सरेनको सीप एकदम राम्रो छ । मैले बजारतिर यस्तो सामग्री कारागारका कैदीले बनाउँछन् भनेर जानकारी पनि दिएको छु । कसैले त्यति चासो दिएका छैनन् ।’ ढुङ्गानाले थपे, ‘सुरेनले यी सामग्रीले बजार पाउने हो भने महीनामा २० देखि २५ हजार कमाउन सक्छन् ।
बजारमा भएका एक÷दुईवटा पसलमा कुरा गरिदिएको छु । बिक्री गरिदिन सकारात्मक देखिएका छन् हेरौं के गर्छन् ।’ सरेन बाहेक अरु कैदीले पनि विभिन्न सामग्री निर्माण गर्छन् । कसैले ढाकाका सामग्रीहरु बनाउँछन् । कसैले मुडा मात्र बनाउँछन् । कसैले गुडिया बनाउँछन् । ढाकाका सामग्रीको राम्रै बिक्री भए पनि अन्य सामग्रीले त्यति बजार नपाएको कारागारका जेलर सुरेन्द्र मुखियाले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा